You are viewing the translated version of सङ्गठित संस्थाको आपराधिक दायित्व हुने.
Section 43
सङ्गठित संस्थाको आपराधिक दायित्व हुने
कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाले यो ऐन अन्तर्गत कसुर मानिने काम गरेकोमा जसले त्यस्तो काम गरे वा गराएको हो सोही व्यक्ति जिम्मेवार हुनेछ र त्यस्तो व्यक्ति किटान हुन नसकेमा फर्मको हकमा त्यस्तो काम गर्ने सम्बन्धित धनी वा हिस्सेदारहरू र कम्पनी वा सङ्गठित संस्था भए त्यस्तो काम गर्ने वा गराउने सञ्चालक, प्रबन्ध सञ्चालक, महाप्रबन्धक र त्यस्तो व्यक्ति पनि किटान हुन नसकेमा त्यस्तो संस्थाको कार्यकारी प्रमुखले आपराधिक दायित्व व्यहोर्नु पर्नेछ।